१.कविता : सम्झेर आफ्नै घर छन्द: शार्दूलविक्रीडित सुत्र:SSS IIS ISI IIS, SSI SSI S धेरै नै सुखको थिए दिनहरू,मायालुको साथमा भुल्थेँ दु:खहरू हरेक दिनको,बस्दा झनै काखमा खाडीमा छु अचेल यो अरबको,लाग्दैन खै जाँगर पीडाले यसरी म लेख्छु कविता,सम्झेर आफ्नै घर झल्को यो मनमा त आउछ सधैं,सम्झेर नेपालको साह्रै सुन्दर जन्मभूमि छ उता,बेग्लै छ यो हालको भन्छिन् आउनु श्रीमती त जहिले,त्यो ज्यानको के भर...