१.
यो मुटुलाई हिरासतमा राखेको छु माया
हो आफैंलाई सम्हाल्न थालेको छु माया
म गरिहाईमा डुबे तिमी किनारमा उभियौ
तिम्रो जित भयो म त हारेको छु माया
२
तिम्रो जस्तो जिन्दगी रङ्गीन भइदिए
केहि केही त कहिले नवीन भइदिए
पर्ने थिएन हाँस्न ढुङ्गा राखी मुटुमा
पीडा जति मनबाट विलीन भइदिए
३.
बदल्नु छ दुईचार बिचार जिन्दगीमा
गर्नुछ केही आफै स्वीकार जिन्दगीमा
मेरो गोरेटोमा चाहे काँडा नै किन नहोस्
हिड्नु छ लड्दै लगातार जिन्दगीमा
४.
जिन्दगीको डुङ्गा पनि डुब्न खोज्छ किन
यता टाल्यो उता फेरि टुट्न खोज्छ किन
नचढेको कहाँ हो र संघर्षको खुड्किलामा
नियतिले मै दु:खीलाई ठग्न खोज्छ किन
५.
चौतारीमा बसेर हेरीरहे दिनभरि नै
उस्तै लाग्नेहरु सँग झुक्किरहे दिनभरि नै
तर तिमीले त बाटो मोडिसकेका रहेछौ
झिनो आसले अझै पर्खिरहे दिनभरि नै
६.
छैन खबर नयाँ सुनाउनलाई अचेल
छ खोक्रो शरीर देखाउनलाई अचेल
थपिएपछि ब्यथा मनको आल्मारीमा
निशब्द छु अतीत कोट्याउनलाई अचेल
७.
तिमीले हार्यौ मैले नि हारेँ जित्यो अर्कैले
तिमीले सिकायौ मैले रटेँ सिक्यो अर्कैले
रित्तो भएको छु खोक्रो भएको छु आखिर
म गरिब तिमी उपहार भयौ किन्यो अर्कैले
८.
छैन हैसियत मेरो, बराबर तिमीसँग
झुपडी छ मेरो,दरबार झै,घर तिमीसँग
मलाई त चिन्नेहरुले नि नचिने झै गर्छन्
दुनियाँले मिलाउछ तर नजर तिमीसँग
९.
फटाह हुन्छ त कोही जालि हुन्छ
उसैलाई नै झन् धेरै ताली हुन्छ
ईमान्दारीलाई हेर्नुहोस् न तर
प्रसंसा हैन केवल गाली हुन्छ
१०.
बालुवाको महल ठड्याउनु जस्तो
औंशी रातमा जून भेटाउनु जस्तो
कति गाह्रो हुन्छ जिन्दगी कहिले त
शून्य आकाशमा भर्याङ लगाउनु जस्तो
११.
बाटोहरु भल्काइदिदा आफ्नैले
इच्छाहरु जलाइदिदा आफ्नैले
मन कति छियाछिया हुदोरहेछ
खुसीहरु लुटाइदिदा आफ्नैले
१२.
आँखामा राहेपनि नबिझाउने फूल जस्तै
बनेका छन् चलाउने जिन्दगीको पुल जस्तै
जानीजानी होस् या अन्जानमा गल्ति हुँदा
स्वीकार गर्छौ जे पनि सम्झिएर भुल जस्तै
१३.
पलपलमा झस्काउने अतीत हुदोरहेछ
त्यही अतीत जिन्दगीको गीत हुँदोरहेछ
आज म हारेर के नै भो र आखिरमा
त्यहीँ हारले नै कसैलाई हित हुदोरहेछ
१४.
पहिले आफैंले दुश्मन पठाएर
पछि रुदै फेरि आएर कराएर
मायाको भिख मागे झै किन गर्छौ
अगाडि माया पछाडि छुरा चलाएर
१५.
जिउन यहाँ मलाई मुस्किल बनेको छ
सुन्छु तिम्रो त तेता मेहफिल बनेको छ
म गरिब देखेर मायामा धोका दियौ
तिम्रो ईच्छाको तेता मन्जील बनेको छ
१६.
धेरै गुमाएका कमाउन नसकेका मान्छेलाई
आफ्नैहरुले चिन्दैन ऋण लागेका मान्छेलाई
र त जग बलियो राख्नुपर्छ खुट्टा दह्रो टेक्नुपर्छ
नत्र उठ्न दिदैन पटकपटक लडेका मान्छेलाई
१७.
जब बिस्वासमा हुँदा घात त्यतिबेला
देखिन्छ असली औकात त्यतिबेला
बर्षौ बर्षौको सम्बन्ध भनेर के भन्नू र
छोड्नै रहेछ आखिर साथ तेतिबेला
१८.
हुनु पर्दोरहेछ समझदार पनि
बदल्नु पर्दोरहेछ बिचार पनि
सम्झौता गर्नुपरेपछि जीवनमा
मान्नु पर्दोरहेछ हार स्वीकार पनि
१९.
न साँझ न बिहान चिहानहरुको बस्तीमा
देखिन्छ सुनसान चिहानहरुको बस्तीमा
जिउदो र मुर्दाको समाज कति फरक रहेछ
न प्रशासन न बिधान चिहानहरुको बस्तीमा
२०.
तिमीसँग औकात बराबर नभएर हो
खासमा म गरिबीको भर नभएर हो
जहाँ तिम्रो बोली बिक्छ मेरो हाँसो हुन्छ
सायद मजबुरी त्यहाँ कदर नभएर हो
२१.
मनमनै बुनेका सपना अधुरै रहयो
तिमीलाई पाउने चाहना अधुरो रहयो
तिमी अर्कैको बगैचामा फुलिरहेको छौ
जुराउन खोजेको लहना अधुरै रहयो
२२.
बेवास्ता गर्छ र मनबाट पर सार्छ याद गर्नु
कहिले एक्लो आफन्तले नै पार्छ याद गर्नु
यदि कदर गर्नु छ भने जिउँदो हुदा गरे हुन्छ
मर्दा त आँसु पराइले पनि झार्छ याद गर्नु
२३.
जसले मन टुक्रार गयौ उनैलाई माया गरेको छु
जसले बिर्सेर गयो मनमा उनैको याद भरेको छु
पागल भन्दै लखेट्छ दुनियाँले गल्ली गल्लीमा
एकोहोरो भएको छु र पो म सडकमा सरेको छु
२४.
यदि होस गुमाएछु भने सम्झाइदिनु प्रिये
कहानी सुनाउदै अतितमा फर्काइदिनु प्रिये
कतै बेवारिसे भेट्यौं भने यो पागल प्रेमीलाई
आफ्नो परिचय तिमीले खोलाईदिनु प्रिये
२५.
मलाई त तिम्रो बानी परिसक्यो माया
तिम्रो मनमा मेरो मन सरिसक्यो माया
म हरेक परिस्थिति बरु झेल्न तयार छु
जे गर्नु यही मायाले गरिसक्यो माया।
२६.
एक अपरिचितलाई मायाले परिचित गराउछ
युगल बनाउछ आपसमा समर्पित तुल्याउछ
जिन्दगीको एक मोडमा पुर्याएर एकदिन फेरि
उहीँ मायाले परिचितबाट अपरिचित बनाउछ
२७.
साच्चै माया गर्ने भने तिमी आए हुन्छ
टुटेको मन भर्ने भने तिमी आए हुन्छ
चोट र ब्यथा बाहेक केही छैन म मा
खुसीको रंग छर्ने भए तिमी आए हुन्छ
२८.
एक जनमा थियो उनी मेरो खास थियो
हजारौंको भिडमा यो दिलमा बास थियो
मन टुक्राएर गयो एक दिन कति सजिलै
किनभने उनको त मात्र टाइमपास थियोे
२९.
कयौं चिठ्ठी पठाए उत्तरको खाम आएन
चोट यस्तो दियो ओैषधी कुनै काम आएन
आँसुको बर्षा हुँदाहुँदा नयन ताल बनेको छ
तालकै मुहानै सुकाउने कहिले घाम आएन
३०.
उनले ब्लक गरेपनि नम्बर याद छ मलाई
गोरेटो गल्ली सहर अनि,घर याद छ मलाई
आफ्नो पहिचान चाहे जति बदल्दै हिडोस्
असली रूप हुलिया नाम,थर याद छ मलाई
३१.
कसैले मैले जस्तै सताउछ भने भने हुन्छ
रिसाउदा मायाले फकाउछ भने भने हुन्छ
यहाँ कमि छैन माया देखाएर शरीर चाहनेको
तर निस्वार्थ माया निभाउछ भने भने हुन्छ
३२.
जाँदाजाँदै एउटा कुरा खड्किरहेको छ
उनको माया के थियोे प्रश्न उब्जिरहेको छ
मायाको भिख मागे तर अहँ उनी पग्लिएन
खुसी मिल्यो उनलाई,यो मन तड्पिरहेको छ
३३.
जो एकपटक नजरबाट चुकिसकेपछि
गलत नै हो भनेर प्रमाण मिलिसकेपछि
स्वीकार गरे पनि पहिले झै कदापि हुदैन
कसम यो भरोसा भन्ने कुरा टुटिसकेपछि
३४.
हामी कहिले नभेटेको भए राम्रो हुन्थ्यो
यसरी बरु नबोलेको भए राम्रो हुन्थ्यो
जोडिएको मन तोड्ने कुरा नगर माया
यसरी कुरा नमोडेको भए राम्रो हुन्थ्यो
३५.
उनलाई कल म्यासेज गर्न, धेरै पटक सोचेँ
लाचार भएर लम्पसार पर्न, धेरै पटक सोचेँ
उनी यतिकै खुसी छ म यही कुराले रोकिए
व्यर्थै खै किन खोजेछु मर्न, धेरै पटक सोचेँ
३६.
तिमी त घाइते मनको उतारचढावमा छौ
जाने त गइगयो किन उनैको तनावमा छौ
साथ छोड्थेन यदि तिम्रो माया लाग्थ्यो भने
छोड्देउ यार किन एकोहोरो लगावमा छौ
३७.
नजिक पर्दैनौ अचेल म देखेर तिमी
खै मन टुटेर हो या अर्कै भेटेर तिमी
भन्न त साथ कहिले छोड्दिन भन्थ्यौ
चुपचाप छौ तर टाढाबाट हेरेर तिमी
३८.
छुट्टिने बहाना बनाई विवाद गर्यौ तिमीले
स्वार्थ पुरा गरेर मलाई बर्बाद गर्यौ तिमीले
पीडा भुल्न सराबी हुँदै म सडकछाप भए
बाकी के रह्यो र फेरि मेरो याद गर्यौ तिमीले
३९.
मैदानमा उत्रिन्छु हार बारम्बार भएको छ
हरेक पल मेरो लागि यादगार भएको छ
एकजना थियोे खासमा मलाई साथ दिने
अब त उनी पनि समझदार भएको छ
४० .
मेरा शब्द लेखकको रचना सम्झेछ उनले
निस्वार्थ माया मेरो सपना सम्झेछ उनले
हाँसीहाँसी लत्याएर किनारा लगाइदियो
जे जे भयो मायामा घटना सम्झेछ उनले
४१.
शिर झुकाउदा पथ्थर पनि भगवान हुन्छ
चुपचाप रहँदा कराउने आफै थकान हुन्छ
कस्ने गर्छ सम्बन्धको डोरी सहनशीलताले
तर मौनता तोडिदा आफ्नो नै अन्जान हुन्छ
४२.
म यस्तै ठिक छु राम्रो बन्न छाडिसकेको छु
देखेको सपना अधुरै रह्यो थाकिसकेको छु
अचेल त रक्सी र चुरोट छ दु:खको साथी
यसले पनि त सिध्याउछ म हारिसकेको छु
४३.
मायाले थामेका यी हात छोडिदिएको छ
विस्वासमा जोडिएको मन तोडिदिएको छ
अरे यार तिमी गन्तव्यको कुरा गर्छौ मसँग
सहयात्रीले त छोडेर बाटो मोडिदिएको छ
४४.
यति रोए यति झुके छोडि जान्छु भन्दा
माया मारी सम्बन्ध तोडि जान्छु भन्दा
निशब्द भए उनको खुसीमा यो पटक
निष्ठुरीले बाटो फेरि मोडि जान्छु भन्दा
४५.
अहिले यतिकै ठिक छु भो माया लाउनु छैन
क्षणिक खुसीमा डुबेर फेरी आँसु बगाउनु छैन
जिउँदो लाश बनाएर गयो स्वार्थी धोकेबाजले
अहँ उहीँ दिनमा आफूलाई फेरि फर्काउनु छैन
४६.
माया र जवाफ जबर्जस्ती माग्नु हुदैन रहेछ
पछिपछि झुकेर हदसम्म लाग्नु हुदैन रहेछ
तर मैले त त्यो पनि गरे स्वार्थी धोकेबाजलाई
भरोसा गर्नुको सीमा हुन्छ नाग्नु हुदैन रहेछ
४७.
रक्सी चुरोट खादै तिम्रो याद मेटाउछु हेर्दै जाउ
के ठान्छौ फेरि पनि प्रेमिका बनाउछु हेर्दै जाउ
तिमी नआउदा पनि त म बाँचेकै थिए जीवनमा
साच्चै तिमी गए पनि गुजारा चलाउछु हेर्दै जाउ
४८.
कसैले घृणा गर्छ कसैले माया भनेर बसेको छ
कसैलाई भर छैन कसै आँखा चिम्लेर गरेको छ
छैटौंमा के लेखेको छ कुन्नि भावीले यो तक्दिरमा
कसैले भेट्न चाहदैन कसैले पलपल पर्खेको छ
४९.
बर्षातको झरीमा उनी ओत लाग्न आएको थियो
भिजेको त्यो शरीर यही छहारीमा सुकाएको थियो
मौसम खुलेपछि विश्राम पुगेपछि लागे गन्तव्य तिर
तर भुल्न सकिन किनकि जाँदा मन टुक्राएको थियोे
५०.
म जस्तै पागल अरुलाई नबनाउनु फेरि
झुटो बाचा गरेर अरुलाई नझुक्याउनु फेरि
मनको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ
मायामा बिस्वास अरुलाई नटुटाउनु फेरि
५१.
स्वार्थी रहेछ दुनियाँ लाग्दैन कसैको भर पनि
जेसुकै होस् जिन्दगीमा अहँ लाग्दैन डर पनि
किनकिन मनले एकान्त मात्र खोजिरहेको छ
छोडिदिउ लाग्छ आफन्त घर अनि सहर पनि
५२.
हाँस्दै खेल्ने बालपन कति चाडैं छुटेछ
रमाउदै हिड्ने जवनी जिम्मेवारले लुटेछ
जिन्दगीको यो मोडमा आएर सोच्छु म
ती सपना अनि रहरहरु थाहै नपाइ टुटेछ
५३.
आगोसँग के डराउनु खरानी भईसकेको मान्छे
चोट खाँदा खँदा म त बानी भईसकेको मान्छे
मनको व्यथा त यही मनलाई मात्र थाहा छ
कुरा काट्नेहरुको कहानी भईसकेको मान्छे
५४.
आँखा चिम्लेर भर गरिहान्छु खै के भन्नु
आफू जस्तै ठानेर फसिहाल्छु खै के भन्नु
समुन्द्रमा त डुङ्गा जस्तै तैरिनु पर्ने रहेछ
म बबुरो गहिराइमा डुबिहाल्छु खै के भन्नु
0 comments