ISS ISS, ISS ISS
झरे अश्रु मेरो, तिमी मुस्कुराउ
तिमीले दिएको , छ मेरो त घाउ
बुझेको छु मिथ्या, कुरा हो भनेर
म नादान बन्दै, सहेको छु हेर
खुसी हेर्न तिम्रो, झुकेको छु आफै
म अन्जान बन्दै, बसेको छु आफै
छ पार्थक्य तिम्रो, हिजोआज तर्क
दुखेको छ छाती, ममा छैन हर्क
थिए व्यग्रतामा, म नै खास तिम्रो
रुदा अश्रु साथै, झरेको छ हाम्रो
म सोच्थे तिमीले, सदा साथ दिन्छौ
गरे आस मिथ्या, कहाँ हात दिन्छौ
जताए छु माया, म लाचार बन्दै
तिमी फेरि मेरो, खुसी बन्नु भन्दै
नदी पार गर्यौ, किनारमा छोड्दै
बसेको छु त्यहीँ, म जँघार खोज्दै
रचनाकार : प्ररकाश स्याङ्बो
0 comments