१.
पथ्थर पगाल्न सकिएन,मैन पग्लिए जस्तो
फुटे पनि ढुङ्गै रहेछ, हेर्दा बदलिए जस्तो
पथ्थर पगाल्न...
तिम्रो त्याही चट्टानको, कठोर मन रहेछ
एकोहोरो दृढ छ उस्तै, निर्दयीपन रहेछ
फकाउन कत्ति गाह्रो, माया नभए जस्तो
हसाँउदा झन रिसाउने, दया नभए जस्तो
पथ्थर पगाल्न....
पथ्थर पगाल्न सकिएन,मैन पग्लिए जस्तो
फुटे पनि ढुङ्गै रहेछ, हेर्दा बदलिए जस्तो
पथ्थर पगाल्न...
२.
जुनमा पनि दागै छ प्रिये,तैपनि चम्कन्छ
अधेरी त्यो औसीको, रातमा रोसनी छर्कन्छ
प्रियसी प्रियसी प्रियसी ए प्रियसी
एक बारको जिन्दगी हो, आउदैन फर्केर
हारेर जान्छु जिवन देखी,नभन तर्केर
तिमीले हाँसे खुसीको ,दियो मनमा सल्कन्छ
जुनमा पनि दागै छ प्रिये, तै पनि चम्कन्छ
प्रियसी प्रियसी प्रियसी ए प्रियसी
जुनमा पनि दागै छ प्रिये,तैपनि चम्कन्छ
अधेरी त्यो औसीको, रातमा रोसनी छर्कन्छ
प्रियसी प्रियसी प्रियसी ए प्रियसी
३.
झारी रहेँ आँसुहरु, नयन बाट मैले
बिर्सुँ भन्छु अतितहरु, बल्झिरहन्छ जहिले
कुरिरहेँ पल पलमा, गयौ तिमी कहाँ
धुजा धुजा भयो यो मन, तोडी गयौ माया
भेट्छु सायद निठुरीलाई ,मर्न भन्दा पहिले
बिर्सुँ भन्छु अतितहरु, बल्झिरहन्छ जहिले
झारी रहेँ आँसुहरु, नयन बाट मैले
बिर्सुँ भन्छु अतितहरु, बल्झिरहन्छ जहिले
४.
आफ्नो भनी बोलाउने, थियो कोही कोही
जान्छु भनी बिदा मागी, गयो रोई रोई
कुर्दा कुर्दै पल पल बित्यो, आएन फर्केर
छाती भित्र चोट लाग्यो,अतित फेरि बल्झेर
मनभित्र ब्याथाहरु ,जम्छ तड्पि तड्पि
गहभरी आँसु धारा, हुन्छ सम्झी सम्झी
आफ्नो ...
आफ्नो भनी बोलाउने, थियो कोही कोही
जान्छु भनी बिदा मागी, गयो रोई रोई
५.
छोडी जाने मायालुले,सम्झ्यो क्यारे मलाई
बाडुल्की यहाँ लागि रा छ, खै के भयो उनलाई
खोली तिरै तिर २
मनमा छ पिरै पिर बाटो भिरै भिर
उनी कहाँ म कहाँ , नियतिको खेल
आफ्नै मुटु आफै भित्र, परेको छ जेल
बाटो मोड्ने निष्ठुरीले , देख्यो क्यारे मलाई
अतीत फेरि बल्झ्यो क्यारे, खै के भयो उनलाई
खोली तिरै तिर २..
मनमा छ पिरै पिर बाटो भिरै भिर
छोडि जाने मायालुले,सम्झ्यो क्यारे मलाई
बाडुल्की यहाँ लागि रा छ, खै के भयो उनलाई
खोली तिरै तिर २
मनमा छ पिरै पिर बाटो भिरै भिर
६.
दैव बरु मलाई लागोस् ,तिमीलाई केही नहोस्
हजार दु:ख मै सहुँला, तिमीलाई सुख मिलोस्
प्रिये मेरो दुख्छ मुटु , तिमीलाई चोट लाग्दा
छट्पटी हुन्छ यो मन, एकछिन साथ छुट्दा
मर्न अघि मैले परोस्, तिम्रो आयू बढोस्
ईश्वरलाई पुकारुला, तिमीलाई आशिष मिलोस्
दैव बरु..
दैव बरु मलाई लागोस् ,तिमीलाई केही नहोस्
हजार दु:ख मै सहुँला, तिमीलाई सुख मिलोस्
0 comments