भुजङ्गप्रयात छन्द
ISS ISS ISS ISS
कहाँ हो र त्यसै, म ढुङ्गा बनेको
झझल्को अझै नै, छ पीडा दिएको
तिमी झूट ठान्थ्यौ, गरेको बिलाप
छ विषाक्त तिम्रो, अझै प्रेम दाग
न सन्देह मेरो, थियो प्रेम गर्नु
भयो भूल त्यो नै, म अन्जान बन्नु
म आफै छु साक्षी, थियो प्रेम चोखो
तिमी निष्ठुरीले, बनायौ नि झूटो
तिमी झूट आफू, लुकाएर आयौ
सदा दोष मेरै, बनाएर भाग्यौ
दुखाएर छाती, हिडेको छु धेरै
मिल्यो चोट धेरै, झर्यो अश्रु मेरै
नबोल्दा सहेरै, छु मैले जितेको
यसैमा खुसीले, तिमी छौ रमेको
सहेको छु आफै, लुकाएर पीडा
धराको म धूलो, तिमी बन्नु हीरा
प्रकाश स्याङ्बो
0 comments