कविता पुष्प

By Prakash syangbo - November 21, 2025

 ISS ISS   ISS ISS 

हिलोमा नि फूल्छौ , बनैमा नि फूल्छौ 

बगैंचा पखेरा , घरैमा नि फूल्छौ 

तिमी फक्रिनाले मनोभाव जाग्छ 

तिमी सामु बस्दा सदा प्रेम लाग्छ 


तिमी शुद्ध निष्ठा अनुष्ठानमा छौ

तिमी हर्ष पीडा र श्रृङ्गारमा छौ

गरौ के र चर्चा जहा प्रेम हुन्छ

सह्राना त त्यहा सदा पुष्प बन्छ 


छ माधुर्य तिम्रो बिरङ्गी हुनाले 

मनै हुन्छ सन्चो तिमीले छुनाले 

तिमी पुष्प प्यारो अनेकौं छ नाम 

तिमी देखिनाले सबै भुल्छ काम


छ सौर्न्दर्य भर्ने यही कर्म तिम्रो 

सदा प्रेम छर्ने बन्यो धर्म तिम्रो 

छ सौभाग्य तिम्रो छ चर्चा बखान 

तिमी पुष्प तिम्रै छ सम्मान काम 


प्रकाश स्याङ्बो

  • Share:

You Might Also Like

0 comments