­
­

गजल | रचनाकार : प्रकाश स्याङ्बो

By prakash syangbo - June 11, 2023

१.मुतकारिब
122    122 ,   122    122
रचेरै तिमीले,  कहानी बनायौ
किटानी गरेरै , निसानी बनायौ

छ आरोप धेरै, चलेको छ चर्चा
फसायौ र तिम्रै, जमानी बनायौ

लगायौ तगारो, बनायौ तमासा
टुटायौ भरोसा, खरानी बनायौ

म हार्दै बसेको, खुसी हेर्न तिम्रो
बुझेरै बबुरो, अज्ञानी बनायौ

छ तिम्रो जवानी, लुटेको बहना
उ भन्दै म तिम्रो, लगानी बनायौ

२. मुतकारिब 
122    122,    122    122
खुसी हेर्न तिम्रो, झुकेको छु आफै
बलेको छ आगो, जलेको छु आफै

दियौ प्रेम झूटो, भरोसा बिनाको 
म अन्जान बन्दै, बसेको छु आफै

चलेको छ हल्ला,  तिमी सँग मेरो
कुरा काट्छ मान्छे, सहेको छु आफै

नराम्रो म मान्छे , तिमी बन्नु राम्रो
तिमी प्रिय भन्दै, टुटेको छु आफै

थियो भोग्नु पीडा, तिमीले नि आधा
म आफै सहेरै,  लडेको छु आफै

३.
झुटले सधैं बिस्वास छर्दैन बुझे हुन्छ
आँखा बारम्बार भ्रम पर्दैन बुझे हुन्छ

राम्रोसँग चिने तिमीलाई आज आएर
यो मनले मरिहत्ते अब गर्दैन बुझे हुन्छ

चुर्लुम्म गहिराइमा डुबाएर तड्पायौ
तर तड्पिदै डुबेरै अहँ मर्दैन बुझे हुन्छ

शिशिर बनेर उजाडेको छौ मलाई हे र
बसन्तमा त पालुवा झर्दैन बुझे हुन्छ

कुनै दिन पछुतो हुन्छ म गुमाएकोमा
मैले झै कसैले माया भर्दैन बुझे हुन्छ

४.
बोली बिक्न छोडेपछि म चुपचाप छु
हो उनले मन तोडेपछि म चुपचाप छु

कति माग्नु र माफी पनि एउटै कुरामा
उही कुरा सधैं जोडेपछि म चुपचाप छु

छिनछिनमा कुरा गर्न रुचाउथ्यो पहिले
अचेल बिचार मोडेपछि म चुपचाप छु

म उनको मुहार हेरेर खुसी हुने मान्छे
भेट्दा घुम्टो ओडेपछि म चुपचाप छु

मरिहत्ते गरेर सम्बन्ध कति टिकाउनु
मनकै ढोका फोडेपछि म चुपचाप छु

५.
मेरो पनि याद आओस् भनेर सोच्थे
उनीलाई नै हेर्न पाओस् भनेर सोच्थे

मनभित्र राखेको मान्छे हो मेरी उनी
मन दुख्दा मलम लाओस् भनेर सोच्थे

बोल्न मन हुन्छ अलिकति फुर्सद हुदाँ
सुखदुःख सबै  सुनाओस् भनेर सोच्थे

फिक्का लाग्छ मलाई उनी बिना सबै
माया गरी सधैं बोलाओस् भनेर सोच्थे

ऋतु बदलिनु प्रकृतिको नियम रहेछ
म त बसन्त मात्र छाओस् भनेर सोच्थे

६.
ज्योतिषीलाई चिना हेराइसके मैले
सपनाको संसार त बनाईसके मैले

जनम जनम नाता छ भन्थ्यो हाम्रो
ज्यानकै बाजि र पो लगाइसके मैले

लत बसेको माया गर्न थालेपछि
यथार्थ त्यसैले त सम्झाइसके मैले

महसुस पनि खुब गरायौ मायाको
अरु संगत त्यै भएर छुटाइसके मैले

चाहिदैन भनेर गएको हिजो झै लाग्छ
पर्खाइमा नै धेरै साल बिताइसके मैले

७.
अचेल फुर्सद छैन भनेको बुझ्छु म
खासमा टाढिन खोजेको बुझ्छु म

मन नै भरिए पछि  के नै लाग्छ र
बोल्न मन कम गरेको बुझ्छु म

म त्यो गल्लिहरुमै हुन्छु जहिल्यै
त्यो आँखाले किन नदेखेको बुझ्छु म

जे भने नि तपाईं त खास हो भन्थ्यौ
अचेल मै बकवास लागेको बुझ्छु म

गल्ती तिम्रै हुदा त माफी मै माग्थे
यसरी त्यो घमण्ड पालेको बुझ्छु म

८.
छोडि जाने मायालुले,सम्झ्यो जस्तो
सम्झी विगत मेरो यादले,पोल्यो जस्तो छ

खबर मलाई दिदैछ है, बाडुल्कीले आज
थियोे प्रेम सच्चा मेरो , लाग्यो जस्तो छ

कसले दिन्छ र माया, मैले जस्तो चोखो
तन मात्र लुट्न तिम्रो , खोज्यो जस्तो छ

रिसाउदा एकछिनमा , फकाउथे मैले
नानाथरी गाली गर्ने , भेट्यो जस्तो छ

मरिहत्ते गरेर नि नपाएको, मैले तिमी
धोकेबाज तिम्रो रोजाइ, बन्यो जस्तो

९.
यो मुहार साच्चिकै हसिलो बनाउनु छ
यो मुटु यो मन अब बलियो बनाउनु छ

कुरा काट्नेहरुले त के के भन्छ भन्छ
पचाउने क्षमता मैले दरिलो बनाउनु छ

अतीत सम्झेर गोरेटोमा हराएको रहेछु
जीवन यात्रा अब फराकिलो बनाउनु छ

अरुलाई जिताएरै हारेको मान्छे हो म
अब त आफैंलाई चोटिलो बनाउनु छ

फलानो जस्तो बन् भनेर नभन आमा
मैले त मेरै पहिचान गतिलो बनाउनु छ

१०.
त्यो दिनदेखि मैले बोलाउन छोड्दिए
आफ्नो प्रिय् भनेर फकाउन छोड्दिए

रङ्ग बदल्ने खत्रै कला रहेछ उनसँग
चित्त दुखेरै हो मैले सताउन छोड्दिए

खै यति धेरै माया किन गरेछु व्यर्थैमा
परिणाम भोगेरै हो रिसाउन छोड्दिए

तड्पाउनुको पनि एउटा हद हुन्छ यार
हद नागेरै हो मन दुखाउन छोड्दिए

मेरो कम्जोरीलाई हतियार बनाएछ
अचानो मै भएर हो डराउन छोड्दिए

११.
खेलको उपाधि अरूले, लगेर जादैछ
जित्ने उत्साह ममा अब, हटेर जादैछ

फूल फुलिन्जेल रहेछ, वा वा गर्ने त
डाँठ भाँचिदा सबैले, थुकेर जादैछ

रुपैयाँ हुइन्जेल अघिपछि, हुन्थे साथी
केही नहुदा अन्जान सबै, बनेर जादैछ

एकनासको कहाँ हुँदो, रहेछ जिन्दगी
त्यो जोश त्यो जवानी, ढलेर जादैछ

सबै हेर्दै जान्थ्यो जुनबेला, ऐना थिए
अहिले फुटेको छु सबै, बचेर जादैछ

१२.
हरेक मान्छेको यादगार केही अतित हुन्छ
कुनै कुरा रहस्यमय हुन्छ कुनै चर्चित हुन्छ

गलत अर्थ लाग्न सक्छ धेरै बोल्दा कहिले
मौनता रहेर हेर्नू कति कुरामा हित हुन्छ

खासमा खेल समय आएपछि देखाउने हो
हो त्यहीँ बेला त दर्शक साच्चै चकित हुन्छ

चाहे जस्तोसुकै परिस्थितिमा होस् मान्छे
मन भुलाउने भनेको त विभिन्न गित हुन्छ

प्रेमिका बन्नु छ गजलकारको बनेर हेर
मरेपनि तिम्रो यादको गजल जिवित हुन्छ

१३.
हिजोआज थकित छ सँगै हिड्ने मान्छे
यात्रामा विलम्बित छ सँगै हिड्ने मान्छे

प्रतिशोधको चुम्बनमा डुबिरहेको छु म
ध्यान कता केन्द्रित छ सँगै हिड्ने मान्छे

सायद बुझाउन सकेन, प्यास यो मायाले
अन्तै प्रेममा तृषित छ सँगै हिड्ने मान्छे

उनलाई नै चाहन्थे म अनादर गरेपनि
रवाफमा पल्लवित छ सँगै हिड्ने मान्छे

नजर जुधेपनि नतमस्तक छु अचेल
किनकि अपरिचित छ सँगै हिड्ने मान्छे 

  • Share:

You Might Also Like

0 comments