* चुनाव लाग्यो
म त बबुरो मान्छे
नारा जुलुस
* प्यारो नेपाल
फेरिएको मुहार
हेर्न मन छ
* रहर मात्र
फुर्सदको समय
बसिबियाँलो
* शब्दै काफी छ
खासमा आमा भन्ने
बयान गर्न
* शुभकामना
माता तीर्थ औंसीको
फूल झै आमा
* हावाको वेग
कपालले धानेन
ठूलो निधार
* मधुशालामा
लोलाएको लोचन
कहिलेकाहीँ
प्रकाश स्याङ्बो
0 comments