१. मुतकारिब
122 122 122 122
अहो जिन्दगीमा हराए म आफै
मनै देखि साच्चै डराए म आफै
कहाँको थियोे खासमा त्यो सवारी
भनी फेरि धेरै कराए म आफै
उडेको म अन्योलमा भन्छ कोही
र पंखा त त्यसै झराए म आफै
भुले या नजानेर गन्तव्य मेरो
बिरानो बिरानै, गराए म आफै
कलाकारिता के छ मेरो यही हो
पिडा यो दिलैमा, भराए म आफै
२. मुतदारिब
212 212 212 212
सुम्पिएको छु यो खासमा जिन्दगी
छैन मेरो र पो त्रासमा जिन्दगी
यो पुजारी पुजा गर्छ तिम्रो सधैं
मन्दिरै मान्छु हो दासमा जिन्दगी
चाहना छैन लाखौ करोडौं यसै
चल्छ छाप्रो बरू बासमा जिन्दगी
यो भरोसा भरोसा रहोस् प्यारको
अन्तिमै सम्मको आसमा जिन्दगी
प्रतिज्ञा नै गरेको छु मैले यसै
चल्छ पक्कै यहाँ सासमा जिन्दगी
३. मुतदारिब
212 212 212 212
खासमा प्रीत साटेर प्रिये भनी
जे भयो हात थामेर प्रिये भनी
रूपमै लठ्ठ पर्दै म डुब्दै गए
भ्रम लागेन चाहेर प्रिये भनी
नक्कली प्रेमको जालमा नै परेँ
सक्कली प्रेम, मानेर प्रिये भनी
बैगुनी रैछ माया त के भन्नु खै
हार भो साथ लागेर प्रिये भनी
आँसुको मोल के बुझ्छ स्वार्थमा
बल्ल बुझ्दैछु थाकेर प्रिये भनी
४. मुतदारिब
212 212 212 212
हो म साच्चै झुकेको तिमी छौ र पो
पीर छोपी बसेको तिमी छौ र पो
सत्रु लागेर बर्बाद धेरै भयो
आँसु पुछ्दै हिडेको तिमी छौ र पो
खेलमा हार मेरो भयो के भयो
हेर लड्दै उठेको तिमी छौ र पो
आँट केही भरोसा मरेको थियो
हौसला यो बढेको तिमी छौ र पो
प्रेम प्रकाशले चिन्न जानेन रे
जे चिने त्यो टिपेको तिमी छौ र पो
५. मुतदारिब
212 212 212 212
त्यो भरोसा टुटेको छ अन्जानमा
साथ मेरो छुटेको छ अन्जानमा
डुल्न थालेछ अन्तै हिजोआज रे
भाग्य मेरो फुटेको छ अन्जानमा
प्रेमको अर्थ जान्दैन होला र पो
हेर के के लुटेको छ अन्जानमा
अर्थ उल्टो लगायो म गल्ती भए
हो सबै नै जुटेको छ अन्जानमा
चोट प्रकाशले चिर्न खोजेन त्यो
प्रेम भन्दै कुटेको छ अन्जानमा
६. बहर : बसीत
2212 212 2212 212
पोहोर उस्तै थियो नेपाल उस्तै त हो
नेता छ नारा छ धेरै हाल उस्तै त हो
मुग्लान लागे युवा यो देश मेरो कठै
सोच्छन् युवा आउदो त्यो साल उस्तै त हो
बर्षौ उहीँ काममा अल्झिन्छ नेपाल
योठेक्दार मन्त्री सबैको ताल उस्तै त हो
केही युवा जोश बोकेको छ नेता यहाँ
पारा पुरानै छ हिड्ने चाल उस्तै त हो
दोषी खुलेआम हिड्ने गर्छ यो देशमा
पैसा छ नेता छ खेल्ने,जाल त्यस्तै त हो
७. बहर :करीब
1222 1222 2122
म तिम्रो साथले बाँचेको छु प्रिये
मनैमा छौ र पो, हाँसेको छु प्रिये
हिजो झै लाग्छ त्यो हाम्रो भेट भा`को
घडी ताजै छ त्यो,सम्झेको छु प्रिये
मलाई खास लाग्ने साच्चै तिमी हौ
तिमी छौ हो र पो,चम्केको छु प्रिये
तिमी नै हौसला हो मेरो सधैको
र पो आफ्नो तिमी, ठानेको छु प्रिये
छ त्यो स्वीकार तिम्रो बाचा सबै नै
मनैमा साच्चिकै , राखेको छु प्रिये
८. मुत़कारिब
122 122 122 122
जवानी थियो त्यो त ढल्केर आयो
उतौला थियो सोच,बद्लेर आयो
थियोे जोश धेरै उबेला त साच्चै
हुरी रैछ त्यो आज, पन्छेछ आयो
भयो ज्यान बूढो म भन्दैछु साच्चै
ठिटो ज्यान त्यो ध्यान,तोडेर आयो
छ ताजै चरा झै बनेको जवानी
नजित्ने भयो खेल,हारेर आयो
म त्यो मोडको सम्झना गर्छु धेरै
बितेका सबैथोक, बल्झेर आयो
९. क़रीब
1222 1222 2122
मलाई प्रश्न धेरै पर्दैन भै गौ
जवाफै छैन केही झर्दैन भै गो
बितेको जे छ मेरो अन्जान नै होस्
कसैले रोशनी भो छर्दैन भै गो
म एक्लै पाखुरा सुर्केको छु साच्चै
छ आशा त्यो भरोसा मर्दैन भै गो
सबै खुल्ला छ दैलो खुल्लै रहोस्
कसैले बन्द त्यसै,गर्दैन भै गो
छु पीडामा म आफ्नै के खोल्नु ब्यथा
कसैले घाउ त्यसै भर्दैन भै गो
१०. बहर बसीत
2212, 212 2,, 212, 212
जन्मिन्छ नाङ्गै र एक्लै आउने जिन्दगी
संसारमा पाहुना भै छाउने जिन्दगी
हाँसो खुसी चोट भोग्दै बढ्नु पर्ने कतै
पैसा कतै प्यार भन्दै धाउने जिन्दगी
निस्वार्थ माया कतै स्वार्थी छ संसारमा
उस्तै कहाँ हुन्छ माया लाउने जिन्दगी
औकात उस्तै कसैको हुन्न त्यहीँ धनी
त्यहीँ गरीबी छ यो देखाउने जिन्दगी
के नै छ लैजानु मर्दा हात खाली न हो
नाङ्गै र एक्लै बनी अस्ताउने जिन्दगी
११ . करीब
1222 1222 2122
तिमी मेरो भनेरै बाँच्ने म मान्छे
तिमी हाँस्दा नि संगै हाँस्ने म मान्छे
खुसीको लागि तिम्रो मेरो हजारौं
खुसी ईच्छा पलैमा,छाड्ने म मान्छे
कुरा काट्नेहरूले काट्दै रहोस् नै
भरोसा आँट आफै, राख्ने म मान्छे
नराम्रो लाग्छ आखामा आँसु तिम्रो
र पो आधा म आफै, झार्ने म मान्छे
तिमी प्रकाश अध्यारोबाट हेर्छौ
उजेली यो तिमीमै, साट्ने म मान्छे