कविता तिमी मुस्कुराउ भुजङ्गप्रयात छन्द By Prakash syangbo - January 04, 2026 ISS ISS, ISS ISSझरे अश्रु मेरो, तिमी मुस्कुराउतिमीले दिएको , छ मेरो त घाउ बुझेको छु मिथ्या, कुरा हो भनेरम नादान बन्दै, सहेको छु हेर खुसी हेर्न तिम्रो, झुकेको छु आफैम अन्जान बन्दै, बसेको छु आफैछ पार्थक्य तिम्रो, हिजोआज तर्क दुखेको छ छाती, ममा छैन हर्कथिए व्यग्रतामा, म नै खास तिम्रोरुदा अश्रु साथै, झरेको छ हाम्रो म सोच्थे तिमीले, सदा साथ दिन्छौगरे आस मिथ्या, कहाँ हात दिन्छौजताए छु माया, म लाचार बन्दैतिमी फेरि मेरो, खुसी बन्नु भन्दैनदी पार गर्यौ, किनारमा छोड्दैबसेको छु त्यहीँ, म जँघार खोज्दैरचनाकार : प्ररकाश स्याङ्बो 0 Comments Share: